छलफल नपुगेको भन्दै आज दर्ता गरिने भनिएको संविधान संशोधन विधेयक स्थगित

 

miting-mawadi-3
काठमाडौं,१० मंसिर–संविधान संशोधन विधेयक आज दर्ता नहुने भएको छ । सरकारले आज साँझसम्म संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गर्ने तयारी गरेको थियो । त्यसका लागि सत्तारुढ नेकपा माओवादी केन्द्रले १ बजे हेडक्वाटर बैठक बोलाएको थियो भने दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक राखिएको थियो ।

त्यसअघि बिहान प्रधानमन्त्री प्रचण्डसहित माओवादी र कांग्रेसका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको छ । बैठकले संशोधन दर्ता गर्नुअघि मधेसी मोर्चासँग छलफल गर्ने निर्णय गरेको एक नेताले बताए ।

लगत्तै मन्त्रिपरिषद बैठक र माओवादीको हेडक्वार्टर बैठक दुबै स्थगित भएका छन् । माओवादी बैठक शनिबार बिहान ८ बजेका लागि सारिएको माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् ।

 

यसमा तपाईको प्रतिक्रिया