राष्ट्रपतिलाई प्रश्नः भारतीय जोगीको कार्यक्रममा जाने, बुद्धस्तुपामा नजाने ?

ram-bidhya1

काठमाडौं, १० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी रामदेवको कार्यक्रममा गई बौद्धस्तुपा उद्घाटनमा नगएको भन्दै जनजाति नेता आङकाजी शेर्पाले आलोचना गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकबाट राष्ट्रपति भण्डारीको चर्को आलोचना मात्र गरेका छैनन्, अतिहिन्दुवादी भएकोसमेत आरोप लगाएका छन् ।

राष्ट्रपति भण्डारी अतिहिन्दुवादी भएको आरोप लगाउँदै महाभियोग लगाउन जनजाति सांसदहरुलाई शेर्पाले अनुरोधसमेत गरेका छन् ।

‘भारतीय जोगीको योग केन्द्रमा जाने, विश्वसम्पदा सूचीको बौद्धको उदघाटनमा नआउने अति हिन्दुवादी राष्ट्रपति विद्या भण्डारीविरूद्ध
महाअभियाग प्रस्ताव दर्ता गर्न सबै आदिवासी जनजाति सभासदहरूमा अनुरोध छ’, शेर्पाले आफ्नो फेसबुक स्टाटस लेखेका छन्, ‘अतिहिन्दु राष्ट्रपति चाहिँदैन, बुद्धको जन्मभूमीलाई हिन्दु राज्य बनाउन पाईदैन, धार्मिक सदभाव कायम गर ।’

शेर्पा जनजातिका उग्र नेताभित्र पर्दछन् । विवादस्पद अभिब्यक्तिका कारण उनी बेलाबेलामा विवादित पनि हुने गरेका छन् ।

राष्ट्रपति भण्डारी पतञ्जली उद्योगको उद्घाटन गर्न विहीबार बारा पुगेकी थिइन् । भूकम्पले भत्किएपछि पुनःनिर्माण गरिएको बौद्धस्तुपाको भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

यसमा तपाईको प्रतिक्रिया