ओली निवास बालकोटमा एमाले स्थायी समितिको आकस्मिक बैठक बस्दै, संबिधान संशोधन बिरुद्द अझै ठोस र आक्रामक निर्णय ल्याउने तयारी

काठमाडौं, १० मंसिर– संविधान संशोधनका विषयमा पार्टीको धारणा अझ ठोस रुपमा सार्वजनिक गर्न एमाले स्थायी समितिको बैठक बस्ने तयारी भएको छ । शुक्रवार साँझ ५ बजे अध्यक्ष केपी शर्मा ओलीको वालकोटस्थित निवासमा बैठक बस्ने तयारी भएको हो । 

संविधान कार्यान्वयन नगरी संशोधन गर्नु अनुपयुक्त वताउँदै आएको एमालेले सरकारले एकलौटी रुपमा संशोधनको तयारी अघि बढाएपछि स्थायी समिति बैठक डाकेको हो । पार्टी कामको सिलसिलामा पोखरा पुगेका ओली राजधानी फर्कनासाथ बैठक बस्ने तयारी रहेको एमालेले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया