प्रधानमन्त्री प्रचन्डलाई आफ्नै पार्टी बाट ठुलो झट्का: देश र जनताको हित बाहिर गयर संबिधान संशोधन मा गय बिपक्षमा मतदान गर्ने चेतावनी

काठमाडौं, १० मंसिर । माओवादी केन्द्रका संसदीय दलका उप–नेता टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव ल्याए आफूले त्यसको विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले सरकारले ५ नम्बर प्रदेशलाई तलमाथि गर्नेगरी संशोधन प्रस्ताव ल्याए आफू त्यसको विपक्षमा मतदान गर्ने चेतावनी दिएका हुन् । उनले अघि भने, ‘मेरो लागि देश र जनता ठूलो कुरा हो, पार्टी भनेको त्यसपछिमात्रै हो ।’

रायमाझीले विवाद नै नएको ५ नम्बर प्रदेशलाई टुक्र्याउँदा कसैलाई पनि फाइदा नहुने बताए । उनले यस विषयमा पार्टीले कारबाही गरे पनि भोग्न आफू तयार रहेको चुनौती दिए ।

रायमाझीले ५ नम्बर प्रदेशलाई टुक्र्याउने विषयमा ९० प्रतिशतको विरोध रहेको उल्लेख गर्दै भने, ‘५ नम्बर प्रदेशका सबै दलहरु एक ढिक्का छन्, यदि ५ नम्बर प्रदेशलाई तलमाथि गर्ने कुरा भए जनता स्वतस्फुर्त आन्दोलनमा उत्रिन्छन, अहिलेपनि आन्दोलनका झिल्काहरु देखा परेका छन् ।’

पाँच नम्बर प्रदेशको सवालमा लुम्बिनी र राप्तीका जनता एक ढिक्का रहेको उल्लेख गर्दैै नेता रायमाझीले त्यसमा हात हाल्ने काम कसैले पनि नगरे हुने कडा चेतावनी दिए ।

 

यसमा तपाईको प्रतिक्रिया