अन्तत: सडक र सदन तताउने भयो एमालेले, मुलुकलाई विखण्डित र विभाजित गर्ने कथित मनसायबाट गरिने संविधान संसोधन र पुरक बजेट बिरुद्द उत्रने स्थायी कमिटिको निर्णय

काठमाडौं, १० मंसिर । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन र पुरक बजेट प्रस्तावविरुद्ध सदन र सडकबाट प्रतिवाद गर्ने निर्णय गरेको छ ।uml-meet

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शुक्रबार साँझ बसेको स्थायी कमिटीको बैठकले संविधान संशोधन विधेयक दर्ता भए प्रतिवाद गर्ने र पुरक बजेटको विरोध गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

एमालेले आवश्यकता र औचित्यका आधारमा संविधानसंशोधन हुनसक्ने भन्दै अहिले बाहिर चर्चामा आएको संशोधन प्रस्तावले आवश्यकता र औचित्य पुष्टि नगर्ने निष्कर्ष समेत निकालेको छ ।

सरकारले मुलुकलाई विखण्डित र विभाजित गर्ने कथित मनसायबाट संविधान संसोधन गर्ने तयारी गरेको एमालेको आरोप छ । ‘जनतालाई विभाजित, राष्ट्रिय शक्तिलाई विभाजित गर्ने र मुलुकलाई अनन्तकालसम्म द्धन्द्धमा फसाउने कथित मनसायबाट सरकारले संविधान संशोधन गर्न लागेको छ,’ सचिव भट्टराईले भने–‘त्यसको एमालेले विरोध गरेको छ ।’

संशोधन प्रस्ताव आएपछि एमालेले हेरेर औपचारिक धारणा तय गर्ने भन्दै उनले औचित्य हिन र मुलुकलाई विभाजित गर्ने प्रस्ताव गरिए त्यसविरुद्ध परिचालित हुन मातहतको निकायलाई निर्देशन पनि दिएको बताए ।

 

यसमा तपाईको प्रतिक्रिया