भारतले संबिधान कार्यान्वयन नगर्न धम्कि दिरहेको खुलासा, एमालेले पुर्व पुगेर दियो जनतालाई आन्दोलनका निम्ति तयार रहन निर्देशन

कोशीहरैचा, १० मङ्सिर । नेकपा (एमाले) का महासचिव इश्वर पोखरेलले वर्तमान सरकार संविधान संशोधनको नाममा निर्वाचन नगराउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

मोरङको कोशीहरैचामा शुक्रवार अखिल नेपाल महिला संघको छैठौ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले संविधान संशोधन गर्ने बजार हल्ला चलाएर वर्तमान सरकार निर्वाचन नगराउने खेलमा लागेको आरोप लगाए ।

संविधान जारी गर्ने बेलामा दक्षिणी छिमेकी भारतले पटक–पटक जारी नगर्न आदेश दिएको बताउँदै महासचिव पोखरेलले अहिले पनि भारतले कसरी संविधानको कार्यान्वयन गर्छौ भनेर धम्की दिईरहेको बताए । उनले भने– ‘एमाले सबैथोक सहन तयार छ तर राष्ट्रिय स्वाभिमानमाथी आँच आउने काम कदापी स्वीकार्य छैन ।’ अंगीकृत नागरिकलाई राज्यको प्रमुख पदमा पुग्ने व्यवस्था एमालेलाई स्वीकार्य नहुने बताउँदै महासचिव पोखरेलले झापा, मोरङ र सुनसरी कहाँ रहने भन्ने विषयमा यहीका जनप्रतिनिधिले निर्णय गर्ने बताए ।

ishwor-pokhrel-1

यस्तै अधिबेशनलाई सम्बोधन गर्दै नेकपा (एमाले)का सचिव भिम आचार्यले राष्ट्रिय स्वभिमानको पक्षमा उभिएकाले नै एमालेमाथी चौतफी आक्रमण भईरहेको बताए । संविधान जारी गर्ने र यसको कार्यान्वयनको पक्षमा एमालेले नेतृत्वदायी भूमिका खेलेकै कारणले अहिले चौतर्फी आक्रमण र एक्ल्याउने काम भईरहेको उनले बताए । संधिवानको संशोधन मार्फत पूर्वको झापा, मोरङ र सुनसरीलाई एक नम्बर प्रदेशबाट टुक्राउने षड्यन्त्र भईरहेको भन्दै उनले यस क्षेत्रका जनतालाई आन्दोलनका लागि तयार रहन उद्घोष समेत गरे ।

 

यसमा तपाईको प्रतिक्रिया