यी हुन् ह्विलचियरमा बसेर राष्ट्रलाई योगदान गर्ने सैनिक जर्नेल, सम्मान पाउँदा भावुक

apang-sainik
काठमाडौं,  मंसिर । नेपाली सेनाका उपरथी (जर्नेल) रमीन्द्र क्षत्रीलाई राष्ट्रियसम्मान सहित नागरिक अभिनन्दन गरिएको छ ।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लब नागरिक समूहले शुक्रबार आयोजना गरेको ‘राष्ट्रनिर्माणमा आम नेपालीको भूमिका’ विषयक कार्यक्रममा जर्नेल क्षत्रीलाई तत्कालिन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले सम्मान गरेका हुन् । क्षत्री प्रधानसेनापति राजेन्द्र क्षत्रीका भाई हुन् ।

शारीरिक अशक्तताका बीच पनि नेपाली सेनामा रहेर देश र जनताको लागि अहोरात्र खटिरहेका उपरथी क्षत्री सम्मान पाउँदा भावुक भएका थिए । क्षत्रीले युवा पुस्तालाई राष्ट्र, राष्ट्रियताको सर्वाेपरि हितमा काम गर्न अघि बढाउनुपर्ने बताए ।

ह्विलचियरमा रहेर पनि राष्ट्र, राष्ट्रियता र सङ्गठनको विकास तथा विस्तारमा असाधारण योगदान दिएबापत उनलाई अभिनन्दन गरिएको आयोजक संस्थाले जनाएको छ । उक्त संस्थाले यसअघि अध्यक्ष रेग्मी र हास्यकलाकार मह जोडीलाई सम्मान गरेको थियो ।

कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्री, पूर्व प्रधानसेनापति रुक्माङद कटवाल लगायतको सहभागिता थियो ।

को हुन् रमीन्द्र क्षत्री ?

ramindra-chhetri_army

नेपाली सेनामा सहायक सेनानीबाट ३७ वर्षअघि प्रवेश गरेका क्षत्री हाल राष्ट्रिय सेवा दलका प्रमुखका रुपमा कार्यरत छन् ।

विसं २०६० भदौ ११ गते तत्कालीन विद्रोही पक्षको आक्रमणमा परी घाइते भएका क्षत्रीले २०६३ फागुनदेखि ६ वर्षसम्म सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

सेना सङ्गठनभित्र इमान्दार र प्रखर व्यक्तित्वको छवि बनाएका क्षत्रीले दर्जनौं राष्ट्रिय गीतको रचना गरेका छन् ।

 

यसमा तपाईको प्रतिक्रिया