पार्टी एकीकरणको एक साता पनि नबित्दै राप्रपामा सुरु भयो विवाद

thapa-rana-raprapa
मंसिर ११  पार्टी एकीकरणको साता नबित्दै राप्रपाभित्र वैचारिक विवाद देखिएको छ । सोमबार राजधानीमा कार्यक्रम आयोजना गरी एकीकरण घोषणा गरिएको राप्रपामा राजतन्त्रका विषमा विवाद देखिएको हो ।
 
एक अन्तर्वार्तामा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले रोखेको पार्टी गणतन्त्रमा गइसकेकाले फेरि राजतन्त्रमा नफर्कने धारणाप्रति पार्टी अध्यक्ष कमल थापा पक्षले आपत्ति जनाएका थिए ।
 
‘पशुपति राणाको अभिव्यक्ति एकताको भावना र पार्टीको आधिकारिक धारणाविपरीत छ, शीर्ष नेताबाट कार्यकर्तामा भ्रम नपारौं’ भन्दै पार्टी अध्यक्ष थापानिकट रहेका सहप्रवक्ता मोहन श्रेष्ठले ट्वीटसमेत गरेका छन् जसालाई थापा स्वयंले रिट्विट गरेका छन् ।
 
हिन्दु राष्ट्र पक्षधर राप्रपा नेपाल र राप्रपाबीच सोमबार एकीकरुण भएको थियो । आजको नागरिक दैनिकमा खबर छ ।

 

यसमा तपाईको प्रतिक्रिया