संविधान संशोधन नभए मुलुकमा राजनीतिक सङ्कट छाउँछ : मन्त्री जनार्दन शर्मा

janardan-sharma-prabhakar

नेपालगन्ज, ११ मंसिर । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकको ऊर्जा सङ्कट एक वर्षभित्र समाधान हुने बताएका छन् । प्रेस सेन्टर बाँकेद्वारा आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले ‘नेपालको पानी, जनताको लगानी’ योजना लागू गर्नेतर्फ सरकारले गृहकार्य थालेको जानकारी पनि दिए। ‘तत्कालको विद्युत्भार कटौती अन्त्यका लागि सरकारले वैकल्पिक उपायको समेत खोजी गरिहेको छ’ उनले भने । पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा मन्त्री शर्माले यदि संविधान संशोधन भएन भने निर्वाचन हुँदैन, त्यसो भयो भने हामी संविधानको कार्यान्वयन गर्न सक्दैनौँ र मुलुकमा राजनीतिक सङ्कट छाउँछ भने । 

यसमा तपाईको प्रतिक्रिया