‘बिखण्डनकारी’ सीके राउतलाई देश निकाला गर्न अध्यक्ष ठाकुरको माग

bikas-thakur
काठमाडौं, ११ मंसिर । हिन्दु युवा जनशक्ति संघ नेपालका अध्यक्ष विकास ठाकुरले सीके राउतलाई देश निकाला गर्नुपर्ने माग गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर अध्यक्ष ठाकुरले बिखण्डनकारी सीके राउतलाई नेपालमा बस्ने कुनै अधिकार नरहेको टिप्पणी गर्नुभएको छ । ‘सीके राउत बिखण्डारी हो’, उहाँले भन्नुभएको छ, ‘उसको पक्राउलाई लोकतन्त्रसंग दाँज्न मिल्दैन ।’

‘लोकतन्त्रमा अभिब्यक्ति स्वतन्त्रता हुनुपर्छ भन्दैमा बिखण्डनकारीको लागि होइन’, अध्यक्ष ठाकुरले भनेका छन्, ‘सीके राउत प्रकाउ गरेर सरकारले राम्रो काम गरेको छ ।’

ठाकुरले सीके राउतले भन्नुभएको छ, ‘सीके राउतलाई आजीवन कारावास गर्नुपर्छ । होइन भने तत्काल देश निकाला वा कुनै कठोर सजाय दिनु पर्दछ । अब अति भयो ।’ उहाँले सीके राउतका गतिविधि कुनै पनि हालतमा मधेसी जनताको पक्षमा नरहेको समेत उल्लेख गर्नुभएको छ ।

‘बिखण्डनले मधेसको समस्या समाधान हुँदैन । बुझ्नु जरुरी छ’, उहाँले भन्नु भएको छ । सीके राउतको देश विखण्डनका गतिविधि बढ्न थालेका बेला हिन्दू अधिकार र मधेसी जनताका पक्षमा वकालत गर्दै आएका संघका अध्यक्ष ठाकुरले अतिवादी कार्यको चर्को विरोध गर्नुभएको हो ।

 

यसमा तपाईको प्रतिक्रिया