अमेरिकामा पुनः मतगणना हुने, हिलारी बन्न पनि सक्छिन् राष्ट्रपति

hilry-2

११ मंसिर–अमेरिकी राष्ट्रपतीय निर्वाचनको पुनः मतगणना हुने सम्भावना देखिएको छ ।

विस्कन्सिन राज्यको निर्वाचन आयोगमा पुनः मतगणनाका लागि निदेवन परेको हो । निर्वाचन आयोगले पुनः मतगणनाका लागि निवेदन परेको बताएसँग अमेरिकामा सरगर्मी बढेको छ ।

ग्रिन पार्टीकी राष्ट्रपति उम्मेदवार जिल स्टेनले निर्वाचन आयोगसमक्ष पुनः मतगणना माग गर्दै निवेदन दिएको सञ्चार माध्यमलदे जनाएका छन् । उक्त राज्यमा रिपब्लिकन उम्मेदवारडोनाल्ड ट्रम्प थोरै मतान्तरले विजयी भएका थिए ।

निर्वाचन आयोगले पुनः मतचगणनाबारे औपचारिक रुपमा केही बताएको छैन तर, लिज स्टेनले ट्रवीटमार्फत आगामी साता पुनः मतगणना हुने उल्लेख गरेकी छन् । यस्तै उनले मिसिगन र पेन्सिलभेनिया राज्यमा समेत पुनः मतगणनाका लागि अपिल गर्ने घोषणा गरेकी छन् ।

यो सँगै पुनः मतगणना भए हिलारी क्लिन्टनले जित्न सक्ने चर्चा पनि सुरु भएको छ । ट्रम्पले कम्प्युटर ह्याकरहरुको प्रयोग गरेर निर्वाचन परिणाम अदलबदल पारेको आरोप लाग्दै आएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया