प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड : अप्ठ्यारोमा परेपछि रोकिए

मंसिर ११  बुधवार सत्तासिन दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले शुक्रबार व्यवस्थापिका संसदमा संसोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरे । शुक्रबार बिहान मधेसी मोर्चाका नेताहरुसँगको छलफलबाट संसोधनमा अनुमति लिने र ३ बजेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार प्रस्ताव दर्ता गराउने तयारी थियो । तर मन्त्रिपरिषदको बैठक सुरु नहुँदै प्रधानमन्त्री संसोधन प्रस्ताव तत्काल गर्दा गराउने र सहमतिका लागि थप छलफल गर्ने निर्णयमा पुगे ।

शनिबार बिहान बसेको माओवादी केन्द्रको केन्द्यि कार्यालयको बैठकले पनि प्रधानमन्त्रीको निस्कर्षलाई सदर गर्यो । शुक्रबार ५ बजेभित्र संसदमा दर्ता गर्नेगरि तयार भइसकेको संविधान संसोधन प्रस्ताव किन रोकियो ? स्रोतका अनुसार कांग्रेसका भारतीय राजदुतावासबाट आएको सूचना लगत्तै प्रधानमन्त्री प्रचण्डले प्रूताव दर्ता केहीदिन रोकेको हुन ।

अर्थमन्त्री कृष्णबहादुर महरा र नेता बर्षमान पुन अनन्तसँग भारतीय राजदुत रन्जित रेले भेटगरेपछि संसोधन प्रस्ताव पर सरको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । सभापति शेरबहादुर देउवा पनि तत्काल सीमांकनमा विषयमा सहमति गरेर वा ५ नम्बर प्रदेशका जनप्रतिनीधिसँगको छलफलपछि मात्रै संसोधन प्रस्ताव अघि बढाउने पक्षमा थिए ।

उनले बिहीबार मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्नुअघि प्रधानमन्त्री प्रचण्डसँग त्यही राय दिएका थिए । प्रमुख प्रतिपक्ष नेकपा एमालेले सडक र सदन अवरुद्ध गर्ने घोषणा गरिसकेको र मधेसी मोर्चापनि संसोधनमा असन्तुष्टि रहेकाले तत्काल प्रस्ताव अघि नबढाएका राम्रो हुने सन्देश भारतीय राजदुत रेले पठाएका थिए ।

सीमाकंनको विषयमा पार्टीभित्रैबाट पनि आलोचना भइरहेकोले प्रधानमन्त्री प्रचण्ड अप्ठेयारोमा परेका छन् । ५ नम्बर प्रदेशबाट पाँचवटा जिल्ला अलग गर्ने विषयमा कांग्रेस, माओवादी केन्द्र र एमालेका सम्बन्धिच क्षेत्रका सांसद एकठाउामा उभिएका छन् । जसका कारण प्रधानमन्त्री प्रचण्डलाई अप्ठेयारो परेको छ ।

भारतीय सन्देश पाएपछि मधेसी मोर्चालाई मनाई दिन आग्रह गर्नेगरि तत्काल संसोधन प्रस्ताव पछि सार्ने निस्कर्षमा प्रधानमन्त्री प्रचण्ड छन् । आइतबार संसोधन दर्ता गर्ने भनिएपनि सम्भावन कम रहेको एक नेताले बताए । ‘शेरबहादुर देउवा पनि सम्बन्धित क्षेत्रका जनप्रतिनीधिसँग छलफल गर्नुपर्ने पक्षमा छन् भारतबाट पनि सहमति गर्न दवाव आएको छ’ एक नेतादले भने, सहमतिको लागि अझै ५ दिन समष् खर्चिने सम्भावना छ त्यसका आइतबार भइहाल्छ जस्तो मलाई लाग्दैन ।’

माओवादी केन्द्रका प्रवक्ता पम्फा भूषाले भने आइतबार दिउँसोसम्म सहमति खोज्ने सम्भव नभए संसोधन नरोक्ने दावी गरिन । नेकपा माओवादी केन्द्रको बैठकले पनि संविधान संशोधनमा सहमति जुटाउन अन्य दलसँगको छलफललाई तीव्रता दिने निर्णय गरेको छ ।

प्रचण्डको निवास लाजिम्पाटमा शनिबार बिहान बसेको कार्यालयको बैठकले संविधान संशोधनमा अन्य दलको सहमति जुटाउन परामर्शलाई तीव्रता दिने निर्णय गरेको भूषालले बताइन । बैठकले नेपाली कांग्रेस, मधेशी मोर्चा र सत्ता गठबन्धनका अन्य दलसँग थप छलफल गरी संविधान संशोधनमा सहमति जुटाउने निर्णय गरेको हो ।

यसमा तपाईको प्रतिक्रिया