यस्ती बेसहारा रोगि-पिडित लाइ अलपत्र छोडेर भाग्ने दीक्षा कस्ती समाजसेवी?

besaharaथाहा छैन,उनको नाम र वतन । रोडमा वेवारिसे अवस्थामा भेटेका हुन उनलाई विनयजंग बस्नेतले । वेवारिसेको उद्धार गर्दै आएका विनयले यीनलाई यही फुलपातिको दिन पाटन अस्पताल पुर्याएका हुन ।  त्यहाँ झण्डै दुई महिना लामो उपचार पछाडि उनी केही तग्रिइन ।
अस्पतालको त्यो सबै खर्चको व्यवस्था उनै विनयले जुटाए । खुट्टामा अझैं गहिरो घाउ थियो । सो घाउमा मासुले भर्नका लागि उनलाई विर अस्पतालमा रिफर गरियो ।
तर विरका डाक्टरहरुले उनको भर्ना लिन मानेन । कारण,बुझ्दै जाँदा डाक्टरहरुले खुलासा गरे वर्ष दिन अगाडि उनलाई विर अस्पतालमा उनै दीक्षा चापागाईले पुर्याएकी रहिछन ।

त्यहाँ पुर्याएर भर्ना गरेर उनी पछाडि सम्र्पकमा नआएको डाक्टरहरुको भनाई छ । डाक्टरहरुको अनुसार, उक्त समयमा उनी आफैं मानसिक रोगी थिइन । यो बीचमा अस्प्तालका डाक्टरहरुले पवित्र समाज नेपालमा तारान्तार फोन सम्पर्क गरे । तर कोही पनि अस्पतालको सम्पर्कमा आएनन ।

हप्ता दिन बित्दा समेत जिम्मेबारी लिने कोही व्यक्ति नआए पछाडि अस्पतालले समेत उति साह्रो वास्ता गरेन । र,उनलाई त्यहाँबाट उठाइयो । पुन सडकमा आइपुगिन । प्रश्न उठाउने ठाँउ प्रशस्त छ आफूलाई समाजसेवी भन्न् रुचाउने दीक्षाले यी वेवारिसेको पछाडि किन खोजी गरिनन ? र वेवारिसेलाई फेरि वेवारिसे नै किन बनाएर छाडिन ?

तिनै बेवारिसे केही तग्रिएको अवस्थामा बीर अस्पतालमा पुग्दा डाक्टरहरु तिछक्क परे ।
विनयले भर्ना गरी उपचार गर्न र लाग्ने खर्च आफैंले बेहोर्ने बचन दिए । तर दीक्षा झैं भाग्ने हो कि भन्ने शंकाले उनलाई भर्ना गर्न मानेको थिए ।

यसकाठमाडौं अनलाइन ले अगाडी लेखेको छ,  विनयका अनुसार पछाडि अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतको निर्देशनमा उनको  सहयोगमा ट्रोमा सेन्टर मा हिजो देखि भर्ना गरी उपचार प्रक्रिया अगाडि बढाइएको छ ।

उनीसँगै भर्खरै जन्मिएको शिशु समेत थियो । उक्त शिशुलाई बचाउन सकिएन त्यो शिशु अहिले पनि पाटन अस्पतालको शव गृहमा छ ।

यसमा तपाईको प्रतिक्रिया