झलनाथ र उपेन्द्र एउटै योग शिविरमा, संशोधन प्रस्तावको खनालले गरे कढा विरोध

ram-deb-kaha

११ मंसिर । नेकपा (एमाले)ले सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्तावलाई विरोध गरिरहेका बेला वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि त्यस प्रस्तावको विरोध गरेका छन् । प्रेस चौतारी नेपाल पर्साले वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नभएको बताएका हुन् ।

उनले सरकारले ल्याउन लागेको संशोधन प्रस्तावलाई मधेसी मोर्चाका नेताले नैं अस्वीकार गरेपछि प्रस्तावको औचित्यनै समाप्त भएको जिकिर गरे । उनले संविधान सभाबाट पारित भएको संविधानलाई लिएर मधेसी जनतामा कुनै समस्या नभएको, तर मधेसवादी दल र तिनका कार्यकर्तामा समस्या देखिएको दाबी गरे ।

मुलुकलाई संविधान संशोधन भन्दा पनि संविधान कार्यान्वयनको आवश्यकता रहेको उनको भनाइ थियो । खनालले त्यसका लागि कांग्रेस, एमाले र माओवादी केन्द्रबीच एकता आवश्यक रहेको बताए ।

त्यसैगरी वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविरको शनिबार तेस्रो दिन पूर्व प्रधानमन्त्री झलनाथ खनाल र मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा उद्घाटन गरे  ।

यसमा तपाईको प्रतिक्रिया