ग्रेटर नेपाल संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा स्थायी सदस्य माग गरिरहेको भारत बिरुद्ध संयुक्त राष्ट्र संघ जाने

ce7geqmwsaaq7h6
११ मङ्सिर, काठमाडौं- संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा स्थायी सदस्यताको मागदाबी गरिरहेको भारतले के कति कारणले सदस्यता पाउनु हुँदैन भन्ने विषयमा यही मङ्सिर १३ गते सोमबार ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पुलचोक , हरिहर भवन स्थित संयुक्त राष्ट्र संघको कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रममा सबै ग्रेटर नेपाल संग आबद्द सदस्य हरुलाइ उपस्थितिका निम्ति हार्दिक अनुरोध गरेको छ । ग्रेटर नेपाल का संयोजक फणीन्द्र नेपालले आफ्नो फेसबुक मार्फत सुचना जारी गर्दै १३ गते सोमबार बिहान ११ बजे ज्ञापन पत्र बुझाउने जानकारी दिएका छ्न।

यसमा तपाईको प्रतिक्रिया