प्रधानमन्त्रीमाथि खनिइन् कांग्रेस नेत्री, कसको स्वार्थमा ५ नम्बर प्रदेश टुक्र्याउन खोजेको ?

kagers-ki-neti

११ मंसिर, काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसकी नेतृ पम्फा भुसालले विवाद नभएको ५ नम्बर प्रदेशलाई टुक्र्याउने प्रस्ताव स्वीकार्य नभएको बताएकी छिन् ।
विवाद नै नभएको ५ नम्बर प्रदेशमा विवाद उत्पन्न गराएको भन्दै उनले प्रधानमन्त्री प्रचण्डमाथि आक्रोश पोखिन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेतृ भुसालले भनिन्,’५ नम्बर प्रदेशमा विवाद नै छैन, विवाद नभएको ठाउँमा अनावश्यक विवाद किन गर्न खोजिएको हो ? आजसम्म ५ नम्बर प्रदेशमा विवाद छैन, यदि हो भने यो विवादको टुँगो लगाउने जिम्मा संघीय आयोगलाई दिनुपर्छ ।’

 

यसमा तपाईको प्रतिक्रिया