आइतबार संशोधन प्रस्ताव पेश हुन्छ, विरुद्धमा गए जनताले सजायँ दिन्छन्’

वीरगन्ज, ११ मंसिर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसको भावनाअनुरुप आइतबार संसदमा संविधान संशोधनको प्रस्ताव पेश गर्ने बताएका छन् ।

शनिबार वीरगन्जमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले मधेसको भावना अनुरुप कांग्रेसले आइतबार संशोधन प्रस्ताव पेश गर्ने बताएका हुन् । संशोधन प्रस्तावमा सीमाकंन, जनसंख्याको आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्व, नागरिकता लगायतका बुँदा संशोधनका लागि प्रस्ताव प्रस्तुत गरिने उनले स्पष्ट पारे । संविधान कार्यान्वयनका लागि संशोधन आवश्यक रहेको बताउँदै उनले प्रस्तावलाई पास गर्न एमाले लगायतका दललाई आग्रह समेत गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने,  ‘मुलुक चुनौतीपूर्ण मोडमा उभिएकाले सबै पार्टीले नेपाली जनताको इच्छाको कदर गर्नुपर्छ ।’ उनले संशोधन प्रस्तावको विरोधमा जाने पार्टीलाई जनताले सजायँ दिने दावी गरे । ‘प्रस्ताव पास हुनेमा म विश्वस्त छु,’ उनले विश्वास व्यक्त गरे ।

लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा मुलुकमा भ्रष्टाचार मौलाएको र विकास रोकिएको भन्दै उनले संविधान संशोधनलगत्तै निर्वाचनमा जानुपर्ने उनको भनाई थियो ।

 

यसमा तपाईको प्रतिक्रिया