आफ्नो कुर्सि जोगाउन मोर्चालाई कस्ने प्रचण्डको नया सुत्र, सम्भवत: प्रचण्डले दर्ता गर्दैनन् अब संशोधन प्रस्ताव

१२ मंसिर, काठमाडौं । संविधान संशोधन पेचीलो बन्दै गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका विषयमा अर्को शुत्र सार्बजनिक गरेका छन् ।

संशोधन नै फेल खाने आशंका भइरहेका बेला प्रचण्डले मधेसी मोर्चाको सहमतिमा वा आफ्नो पार्टीको एजेण्डा अनुसार संविधान संशोधन प्रस्तावको विकल्प अघि सारेका हुन् । मोर्चाले  सहमति नदिने एमालेले पनि विरोध गर्दा संशोधनको औचित्य नहुने भन्दै मोर्चालाई अठ्याउन प्रचण्डले यस्तो विकल्प अघि सारेका हुन् ।  शनिबार बसेको सत्तारुढ माओवादीको हेडक्वार्टर र पोलिटब्युरो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संशोधन प्रस्ताव सरकारले तयार पारिसकेको बताए । तर, मधेसी मोर्चाले सहमति नजाएसम्म दर्ता गर्नुको औचित्य नहुने प्रचण्डले आफ्नो पार्टीको बैठकमा बताएका थिए ।

“एमालेले अहिले नै विरोध गरिरहेको भन्दै प्रचण्डले बैठकमा भने, मधेसी मोर्चाले नै नमान्ने अवस्थामा संशोधन प्रस्ताव दर्ता गर्नुको औचित्य हुँदैन” प्रचण्डलाई उदृत गर्दै माओवादी निकट नेताले बताए । 

यसमा तपाईको प्रतिक्रिया