साझा चढेर सिंहदरबार सरर गएका प्रचण्डले भने, ‘म खलासीकै भूमिकामा छु

bas-sajha-prachanda

काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको रुपमा सबैलाई मिलाउन प्रयासरत रहेको बताएका छन् । आइतबार साझाका नयाँ बसको उद्घाटन गर्न पुल्चोक पुगेका प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

उनले आफू अहिले सहचालक (खलासी)को भूमिकामा रहेको बताए । महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य)ले गाडीमा खलासीले यात्रुहरुलाई मिलाएर राख्ने गरेको प्रसंग उल्लेख गर्दै नेताहरु पनि खलासी बन्नु पर्ने बताएका थिए । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले आफू खलासीकै भूमिकामा रहको बताएका हुन् ।

साझाले ल्याएका नयाँ ३० वटा बसको औपचारिक शुभारम्भ गर्न प्रधानमन्त्री प्रचण्ड पुल्चोक पुगेका थिए । बसको उद्घाटनपछि प्रचण्ड मन्त्री र सचिवहरुसँगै साझा बस चढेर सिंहदरबार पुगेका थिए ।

 

यसमा तपाईको प्रतिक्रिया