नजाने भनेर प्रचार गरिएको रामदेवको कार्यक्रममा जाने भए प्रचण्ड : कार्यकर्ता नैतिक संकटमा

dahal-pm-2.jpg

। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भनेर प्रचार गरिएको कार्यक्रममा एक्कसी जानेभएपछि कार्यकर्ता नैतिक संकटमा परेका छन् ।

शनिबार मात्रै प्रधानमन्त्रीको सचिवालयबाटै रामदेव कार्यक्रममा प्रचण्ड नजाने भनेर प्रचार गरिएपछि एक बहुराष्ट्रिय भारतीय कम्पनिको कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारी र एमाले नेता झलनाथ खनाल गएपछि उनीहरुलाई सामाजिक संजालमा उडाउँदै गरेका माओवादी कार्यकर्ता नैतिक संकटमा परेका छन् ।

भारतको विरोध गर्नुलाई राष्ट्रवाद ठानिरहेका एमालेका सामाजिक संजाल प्रयोगकर्तालाई खिस्याइरहेका माओवादी कार्यकर्ता भने प्रचण्डको यस्तो निर्णयले अप्ठ्यारोमा परेका छन् ।

प्रधानमन्त्री प्रचण्ड रामदेवको शिविरमा आइतबार दिउसो जाने भएका हुन् । बारामा आयुर्वेदिक उद्योगको उदघाटन गर्न नेपाल आएका रामदेवसँग आज भएको टेलिफोन कुराकानीको क्रममा प्रधानमन्त्री प्रचण्डले उद्योग एवं योग शिविरको उक्त कार्यक्रममा बारा जाने बचन दिएका हुन ।

अाज अपरान्ह ३ बजेतिर प्रधानमन्त्री प्रचण्ड हेलिकोप्टर चढेर रामदेवको योग शिविर समापन कार्यक्रममा भाग लिन बारा जाने तयारीमा रहेको प्रधानमन्त्री कार्यालय स्रोतले खबरडबलीसँग बतायो ।

प्रधानमन्त्री कार्यालयका अनुसार आज प्रधानमन्त्री प्रचण्ड उक्त कार्यक्रममा बारा जाने कार्यक्रम भने तयार भएको थिएन, तर रामदेवले फोन गरेर बोलाएका कारण प्रधानमन्त्रीले आफु आउने बचन दिएको बताइएको छ ।

रामदेवको उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री देखि राष्ट्रपति र विभिन्न नेताहरु सहभागि भएपनि प्रधानमन्त्री नआएकाले आत्तीएका रामदेव अन्तत प्रधानमन्त्रीलाई आफ्नो कार्यक्रममा उपस्थित गराउन सफल भएका छन । उनी नेपाल आएदेखिनै विभिन्न च्यानलबाट प्रधानमन्त्रीलाई कार्यक्रमका लागि आग्रह गरदै आएका थिए ।

यसअघि प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री संविधान संशोधनको कामले व्यस्त भएको भन्दै योग शिविरमा जान नसक्ने जानकारी दिएको थियो ।

प्रधानमन्त्रीसँग फोन गर्दै रामदेवले पूर्वनिर्धारित एवं पूर्वप्रचारित कार्यक्रम भएकाले तपाई जसरी पनि आइदिनैपर्‍यो भनेर जिद्दी गरे पछि प्रधानमन्त्रीले आउने कुरा बताएका हुन ।

बारामा आयुर्वेदिक उद्योगको उदघाटन गर्न नेपाल आएका रामदेव सो उद्योग एवं योग शिविरको उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारी गएकी थिइन भने समापन गर्नका लागि आज प्रधानमन्त्री प्रचण्ड जाने भएका छन ।

एमाले नेता झलनाथ खनाल आफूसँग झुकेको फोटो फेसबुकमा हालेका रामदेवले अब प्रचण्डसँगको कस्तो तस्वीर फेसबुकमा अपलोड गर्नेहुन त्यो भने हेर्न बाँकी नै छ तथापि उनलाई त्यो अवसर भने जुटेको छ ।

भारतीय बहुराष्ट्रिय उद्योगको उदघाटनमा सरकार प्रमुख र राष्ट्र प्रमुख अनि देशका ठूला–ठूला नेताहरु लस्कर लाग्नुका पछाडि योग र आयुर्वेदको कारणमात्रै नभएर भारतप्रतिको भक्ति रहेको भन्दै सामाजीक संजालमा त्यसको बिरोध भएको देखिन्छ ।

यसमा तपाईको प्रतिक्रिया