लोकमान कार्की अख्तियार प्रमुखमा पुनर्वहाली भए आन्दोलन : कृष्ण पहाडी

रुपन्देही, मंसिर १२ – मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की पुनर्वहाली हुने अवस्था आए शान्ति समाजले देशभर आन्दोलन गर्ने बताउनुभएको छ । 

बुटवलमा सम्पन्न समाजको १९ औँ र्राष्ट्रिय परिषद बैठकको निर्णय सार्वजनिक गर्न आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकमानको पुनर्वहाली हुने अवस्था लोकतन्त्रको लागि घातक हुने बताउनुभयो । संसदमा दर्ता भएको लोकमान विरुद्धको महाअभियोग प्रस्ताव पारित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

आगामी दिनमा संसदमा दर्ता हुन सक्ने महाअभियोगका प्रस्तावको किनारा १५ दिनभित्रै लाग्ने व्यवस्था गर्न पहाडीले माग गर्नुभयो । उहाँले संवैधानिक निकायमा मानवअधिकार उलङघनका दोषीको नियुक्ति रोक्न माग गर्नुभयो । 

यसमा तपाईको प्रतिक्रिया