प्रधानमन्त्री प्रचन्डलाई कडा झट्का: सत्तारुढ दलहरु नै बिरोधमा उत्रिएपछी भयन संबिधान संशोधन प्रस्ताब दर्ता

काठमाडौं, १२ मंसिर– सरकारले आइतबार गर्ने भनेको संविधान संशोधन प्रस्ताव दर्ता नगर्ने भएको छ । सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता र आम जनताबाट ५ नम्बर प्रदेश नटुक्र्याउन दवाव आएपछि आइतबार दर्ता गर्ने कार्यक्रम स्थगित गरिएको हो । 

५ नम्बर प्रदेशबाट पहाड र तराईलाई अलग नगर्न बुटवल, गुल्मी अर्घाखाँची,, नेपालगञ्ज लगायतका स्थानमा सत्तारुढ दल कांग्रेस र माओवादीका नेता कार्यकर्ता नै आन्दोलनमा उत्रेपछि आइतबार संशोधन प्रस्ताव दर्ताबाट सरकार पछि हटेको हो । 

मन्त्रिपरिषदको भर्खरै सम्पन्न बैठकले आज संशोधन दर्ता नगर्ने निर्णय गरेको हो।  संसोधन प्रस्ताव भोलि सोमबार दर्ता गर्ने तयारी गरेको एक मन्त्रीले बताए। आफ्नै कार्यकर्ता र समर्थकले तिब्र विरोध गरेर अप्ठ्यारो परे पनि मधेसी मोर्चाको स्वामित्वका लागि संविधान संशोधन प्रस्ताव दर्ता पछि सारिएको सत्ता पक्षले वताएको छ । 

 

यसमा तपाईको प्रतिक्रिया