रामदेव ढोग्न जान्न भन्ने प्रधानमन्त्रिलाई संसद बैठक नै अबरुद्द पारेर ढोग्न जानुपर्ने पार्यो कसले?, स-परिवार हेलिकप्टर चढेर रामदेवको शरणमा बारा पुगे प्रचण्ड!

ramdeb-pmकाठमाडौं । ‘प्रधानमन्त्री प्रचण्डज्यू राजधानीबाहिर जानूपर्ने भएकोले आज संविधान संशोधन हुन सकेन’ सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले संसद भवन बाहिर सञ्चारकर्मीहरुलाई जानकारी गराए ।

भारतीय योग गुरु रामदेवको कार्यक्रममा उपस्थित हुनुपर्ने भएकोले आज संविधन संशोधनको विधेयक दर्ता हुन सकेन । भोली फेरि संसदमा संशोधनमाथि छलफल गर्न बैंठक डाकिएको उनले जानकारी गराए ।

हिजो राष्ट्रपति विद्या देवी भण्डारीले बारामा पुगेर भारतीय योग गुरु रामदेवले सञ्चालनमा ल्याएका योग शिविर उद्घाटन गरेसँगै नेताहरुको घुँइचो लाग्न थालेको हो । त्यससँगै रामदेवले प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर आउन आग्रह गरेका थिए । पहिलो चोटी कार्यक्रममा नआउने बताएपनि दोस्रो चोटीको फोनवार्ता नकार्न नसकेसँगै आज प्रधानमान्त्री प्रचण्ड ३ बजे हेलिकप्टर चढेर बारा पुगेका छन् ।

नेपाली कांग्रेसका नेता तथा भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले आज संविधान संशोधनमाथि सामान्य छलफल भएको बताएका छन् ।

शुक्रबार संसदमा संविधान संशोधन विधेयक दर्ता गर्ने भनिएपनि आइतबार सम्म लम्बिएको छ भने मधेसी मोर्चासहितका संघीय गठबन्धनले विधेयक दर्ता गर्न आजसम्मको १५ दिने अल्टिमेटम दिएको थियो ।

यसरी प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमा ५ नम्बर प्रदेशलाई टुक्राउनका लागि बैंठक बसाल्दै गर्दा ५ नं. प्रदेशका आमजनताले आज (आइतबार)विरोध प्रदर्शन गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया