प्रचण्डको प्रधानमन्त्री कुर्सि धरापमा: एमाले र माओबादीलाई बाहिर राखेर बहुमतको सरकार बनाउने दक्षिणपन्थी हरुको तयारी यसरि भयो खुलासा

pm-prachandaमंसिर १२, काठमाडौं- संविधान संशोधन नगर्ने, लोकमानलाई कायम राख्ने र यही अवस्थामा शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने गृहकार्य तीब्र बनेको छ । स्रोतका अनुसार, त्यसैको एक कडीका रुपमा राप्रपा र राप्रपा नेपाललाई मिलाइसकिएको छ ।

मधेसी दलहरु स्वतः देउवाका पक्षमा हुने नै भए । यस्तो अवस्थामा दुबै वामपन्थी दललाई लोकमानमार्फत तह लगाउने, राप्रपा, मधेसी र अरु साना दल मिलाएर सरकार बनाउने र त्यही बेलामा चुनाव घोषणा गरेर जाने हो भने कांग्रेसलाई फाइदा हुने सूत्र सिकाइएको छ । त्यसरी मिल्दा बहुमत पुग्ने भएकाले आगामी २०७४ माघ ७ गतेसम्म त्यही सरकार रहने र त्यसपछि आउने परिस्थिति पनि आफ्नो पक्षमा अनुकूल बनाउने योजनाका साथ त्यस्तो गृहकार्य भइरहेको उच्च स्रोतले जानकारी दिएको छ ।

एमालेले राष्टियताका बारेमा निरन्तर एउटै अडान राखिरहेको र माओवादीले पनि आफूले भने अनुसार ठोस काम गर्न नसकेको निष्कर्षका साथ यी दुबै वामपन्थी दललाई बाहिर राखेर देश चलाउने योजना देउवालाई दिल्लीमै प्राप्त भइसकेको कांग्रेसकै केही नेताहरुको बुझाइ छ । तीमध्येका एक नेताले भने, संविधान संशोधन गर्नमा एमाले लचिलो बन्यो भने बेग्लै कुरा हो, नत्र हेर्दै जानुहोला, राजनीति यही दिशामा जान्छ ।

यसमा तपाईको प्रतिक्रिया