माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउने केपी ओलीको भित्री तयारी सुरु

nepal-oli

काठमाडौं, १२ मंसिर –  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको लागि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार विस्थापित गरेर नयाँ सरकार गठन हुनुपर्ने भन्दै त्यसको लागि भित्री तयारी थालेका छन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार विस्थापित गरे सकेसम्म एमालेका प्रभावशाली नेता माधव कुमार नेपालको नेतृत्वमा नयाँ सरकार गठन गरेमात्रै संविधान संशोधनमा एमालेले सहयोग गर्नेगरि नयाँ एक्सरसाईज थालेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको सरकारले गर्ने संविधान संशोधन कुनै हालतमा नमान्ने बरु त्यसको विरुद्धमा देशव्यापी खण्डन आन्दोलन गर्ने अडान राख्दै नयाँ सरकार गठनको लागि भित्री तयारीमा जुट्न आफ्ना विश्वासपात्रहरुलाई खटाएका छन् ।
स्रोतका अनुसार उनले यसको लागि सचिव प्रदिप ज्ञवालीलाई खटाएका छन् । उनले सकेसम्म एमाले नेता नेपालको नेतृत्वमा नयाँ राष्ट्रिय सहमतिको सरकार गठन गर्ने यदि त्यसमा सहमति जुट्न सकेन भने काँग्रेसको नेताको नेतृत्वमा नयाँ सरकार गठन गर्ने र त्यसपछिमात्रै संविधान संशोधन प्रक्रिया अघि बढाउने भित्रि योजना बुनेका छन ।
(रिपोटर्स नेपाल डटकमबाट)

 

यसमा तपाईको प्रतिक्रिया