रुपन्देहीमा पडसरी, बगाहा, भैरहवामा आन्दोलन चर्कियो, सात दल सडकमा उत्रिए

भैरहवा, मंसिर १२ । रुपन्देहीका पडसरी, बगाहा, हाटी फर्सा्टिकर, वसन्तपुर, चिल्हिया र मैनहिया गाविसका जनताले भैरहवामा प्रदर्शन गरेका छन् । उनीहरुले आफुहरुलाई शहरबाट अलग्गाएर गाउतिरै धकल्न थालेको भन्दै स्थानिय तह पुर्नसंरचना प्राविधीक समितीले आयोगमा पेश गरेको प्रस्ताव तत्काल सच्चाउनुपर्ने माग गरे ।

सो गाविसका ७ दलका नेताहरुको अगुवाईमा रुपन्देही सदरमुकाम भैरहवामा साबिकको गाविसलाई सिद्धार्थनगर नगरपालिकामा गाभिनुपर्नेमा कुनैलाई रोहिणी पारी त कुनैलाई तिनाउ पारीका गाउँपालिकामा प्रस्तावित गरिएको भन्दै चर्को विरोध गरेका हुन् ।

सयौँको संख्यामा रहेका स्थानीयहरुले स्थानीय संरचना तय गर्दा हचुवाको भरमा गरिएको भन्दै तत्काल सच्याएर सिद्धार्थनगर नगरपालिकामा साबिकका गाविसलाई नगाभिए कडा संघर्षका आन्दोलन गर्ने चेतावनी दिए ।

manva-sanglo-news-3

एमाले, कांग्रेस, माओवादी केन्द्र, राजमो, राष्ट्रिय जनमुक्ति पार्टी, माओवादी क्रान्तिकारी, नेकपा माले लगायतका दलहरुले आफ्नो पार्टीको झण्डा सहित भैरहवाको बुद्धचोकमा मानव साङलो बनाई २ घण्टा चक्काजाम समेत गरेका थिए ।

आइतबारको आन्दोलन सांकेतिक भएको जनाउँदै एमाले नेता भरत पोखरेलले तत्काल प्रस्तावित संरचना नसच्याए कडा आन्दोलन गर्ने बताए । उनले भने ‘यो सांकेतिक हो । पडसरी, बगाहा, हाटी फर्सा्टिकर, वसन्तपुर, चिल्हिया र मैनहिया गाविसका जनतालाई नसोधी हचुवाको भरमा गरिएको स्थानिय तह छुट्टाउनु गलत हो । यो नसच्चीए जनताले आन्दोनल गर्न बाध्य हुनेछन् । ‘

आन्दोलन रहरले नभई करले गर्नुपरेको मानव साङलोमा सहभागी नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ का सभापति मातृका प्रसाद यादवले जनाए । कसैलाई खोलापारी र कसैलाई खोलावारी गराएर भूगोल विभाजन गरिएको अवैज्ञानिक रहेकोले तत्काल सच्याउन माग गर्दै आन्दोलन गरिएको माओवादी केन्द्रका नेता उमेश खनालले जनाए ।

सरकारले तत्काल सच्याएर नजिकका गाविसलाई सिद्धार्थनगर नगरपालिकामा गाभ्नुपर्ने वा क्षेत्र नं २ लाई एकीकृत रुपमा राख्नुपर्ने आफूहरुको माग रहेको राष्ट्रिय जनमुक्ति पार्टीका नन्द प्रसाद गुरुङले जनाए ।

दलहरुले प्रत्येक गाविसमा संघर्ष समिति समेत बनाएका छन् । केन्द्रमा आयोगले जिल्लाको तहलाई अन्तीम रुप दिइरहदा रुपन्देहीमा विवादको रुप सडकमा देखिनु आयोगकोलागी चुनौतिपुर्ण भएको विशलेषक बताउंछन् ।

manav-sanglo-6 manav-sanglo-news-2

 

यसमा तपाईको प्रतिक्रिया