प्रधानमन्त्री प्रचण्डको काम यो पो रहेछ !,केपी शर्मा ओलीले भनिदिए है…

pm-kp-oli-2

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनभन्दा देशको सङ्क्रमणकालीन अवस्था टुङ्ग्याउनुपर्ने बताएका छन् ।

युवा सङ्घ नेपालको प्रचार तथा प्रकाशन विभागद्वारा प्रकाशित ‘युवा आवाजः आधार र कार्यभार’ पुस्तकको आज लोकार्पण गर्दै उनले संविधान गतिशील दस्तावेज भएको हुनाले संशोधन हुनसक्ने भए पनि संशोधनभन्दा पनि देशको सङ्क्रमणकाल टुङ्ग्याउनुपर्नेमा जोड दिए ।

‘सरकारको काम संशोधन गर्ने होइन’ उनले भने, ‘ऐन कानुन बनाएर तीन तहको निर्वाचन गराएर सङ्क्रमणकाल टुङ्ग्याउने काम हो । संशोधन गरेर अन्य काम अल्मल्याउने प्रयास गरिँदैछ ।’ उनले सरकारलाई नै संशोधन किन गर्न लागेको भन्ने कुरा थाहा नभएको पनि उल्लेख गरे ।

जनताको हक अधिकारका सवालमा एमाले संविधान संशोधन गर्न तयार रहेको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले संविधान संशोधनका नाममा देशलाई भौगोलिक अखण्डता र सार्वभौमसत्तामा आँच आउने कुरा गरिएको आरोप लगाए ।

उनले संशोधन गरेर नै मुलुकको समस्या नटुङ्गिने बताउँदै क्षणिक समयका लागि मात्र समस्या टुङ्गिने बताए।

अध्यक्ष ओलीले सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नका लागि पूरक बजेट ल्याउन लागेको आरोप लगाए । उनले स्थानीय तहको पुनःसंरचनामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले नै बाधक बनेको आरोप लगाए ।

 

 

यसमा तपाईको प्रतिक्रिया