एकाविहानै रामेछाप र सोलुखुम्वुको सीमालाई केन्द्रविन्दु बनाएर ५.६ रेक्टरको भूकम्प,काठमाडौमा पनि ठूलो धक्का महसुुुस

राजधानीमा बिहान सबेरै भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । भूकम्पको धक्कासगै मस्त निन्द्रामा रहेका राजधानीबासी घर बाहिर निस्केका छन् ।

बिहान ५ बजेर २१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। रामेछाप र सोलुखुम्वुको सीमानालाई केन्द्रविन्दु बनाएर ५.६ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्रले जनाएको छ ।
भूकम्पले भारतको वेष्ट बंगाल क्षेत्रमा पनि धक्का दिएको छ।

 

यसमा तपाईको प्रतिक्रिया