माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठमाथि गम्भीर प्रश्न : कमरेड डलरको हिसाब खोई ?

काठमाडौं, १३ मंसिर । ‘नमच्चिने पिङको सय झड्का’ भनेजस्तो कुरा मात्र ठूला गर्ने तर काम सिन्को नभाँच्ने गरेको आरोप आफ्नै कार्यकर्ताबाट खेप्दै आइरहेका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्हालेको विदेश विभागको पारदर्शिताको विषयमाथि पार्टीभित्र प्रश्न उठाउन थालिएको छ । साँघु साप्ताहिकमा खबर छ– अरुले गरेको काममाथि चर्को स्वरमा पारदर्शिता खोज्ने नारायणकाजी आफैंले सम्हालेको विभागको वर्षौंदेखिको हिसाब–किताब तथा अन्य गतिविधि पारदर्शी नपारेको भन्दै नेता तथा कार्यकर्ताले प्रश्न गर्न थालेका छन्– अरुको हिसाब खोज्ने काजी कामरेड, विदेश विभागमा थुप्रिएको डलरको हिसाब कसले गर्ने रु माओवादी केन्द्रका अन्य विभाग तथा भातृ संगठनहरु लथालिंग र भताभुंगको रोगले ग्रस्त भए जस्तै विदेश विभाग पनि लंगडो हुन पुगेपछि नारायणकाजीको पनि गफै रहेछ भन्दै कार्यकर्ताहरुले उडाउन थालेका छन् । माओवादीसँग सम्बन्ध विच्छेद गरेर नयाँ शक्ति नेपाल पार्टी निर्माण गरेका बाबुरामले प्रवासमा राम्रो संगठन बनाए पनि माओवादी विदेश विभागको काम भने विदेशमा पार्टीको संगठन मजबुट बनाउने भन्दा पनि लेबी उठाउने र घुमघाम गर्नेमै केन्द्रित भएको माओवादीका एक नेताले गुनासो गरे । 

यसमा तपाईको प्रतिक्रिया