बाबुराम र उपेन्द्रको संयुक्त विज्ञप्ति, संविधान संशोधनबारे गम्भीर ध्यानाकर्षण

काठमाडौं, १३ मंसिर । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै संविधान संशोधन प्रस्तावमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरम अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गरेर आफूहरुको ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘नेपाली जनताको विभिन्न आन्दोलनको परिणामस्वरुप हुन गइरहेको संविधान संशोधनको बिषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । संविधान संशोधन गर्दा वर्गीय, जातीय, लैंगिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेद्भावहरुलाई अन्त्य गरिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यसका लागि मधेसी, थारु, आदिवासी जनजाति, खस, मुश्लिम, शिल्पी (दलित), उत्पीडित, उपेक्षित र अल्पसंख्यक समुदाय तथा पिछडिएका क्षेत्र लगायतका समस्याहरुलाई सम्बोधन गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, पहिचानमा आधारित गठबन्धन, संयुक्त प्रादेशिक मोर्चाहरुसमेत सम्मिलित सङ्घीय गठबन्धनले उठाएका राष्ट्रिय मुद्दाहरु खासगरी– राष्ट्रिय पहिचानको मान्यता, अधिकारसहितको सङ्घीयता, पूर्ण समानुपातिक प्रतिनिधित्व हुने संसद्, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, राज्यका सबै अङ्गमा समानुपातिक समावेशीकरण, बहुभाषिक नीति, स्वायत्तता तथा स्वशासन, सङ्घीय न्यायपालिका, प्रादेशिक क्षेत्राधिकारभित्र स्थानीय तह तथा विशेष संरचनाहरु रहने व्यवस्था, सामाजिक न्याय र समानताको अधिकार आदि सबैखाले विभेदको अन्त्य हुने गरी नेपालको संविधानलाई संशोधनद्वारा सच्याउनुपर्ने उनीहरुको माग छ ।

यी मुद्दाहरु सम्बोधन हुन नसक्ने गरी गरिने संशोधनले मुलुकको समस्या समाधान हुन नसक्ने जीकिर विज्ञप्तिमा गरिएको छ ।

यस्तो छ विज्ञप्ति:
press-statement-baburam-and-upendra

 

यसमा तपाईको प्रतिक्रिया