कांग्रेस पदाधिकारी बैठक जारी, संविधान संशोधनको विषयमा धारणा तय गर्ने

kagres-ko-baitha-deuwa
काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बसिरहेको छ । बैठकले संविधान संशोधनको विषयमा धारणा तय गर्ने बताइएको छ । मधेसी मोर्चाका दलहरुबीच एकमतता नहुँदा संविधान संशोधन प्रस्ताव दर्ता हुन सकेको छैन । तर, मधेशी मोर्चासहित संघीय गठबन्धनले दिएको अल्टिमेट भने आज सकिँदैछ ।

सरकारले संविधान संशोधनका लागि ४ बुँदे प्रस्ताव तयार पारेको छ । तर, काँग्रेसको बलियो समर्थन र मोर्चाले प्रस्ताव पारित नभएपनि स्थानीय चुनावमा जाने प्रतिबद्धता नजनाएपछि प्रस्ताव दर्ता हुन नसकेको हो । सो प्रस्ताव मन्त्रिपरिषद्मा भने पुगेको छ ।
मधेसी मोर्चाले आज बैठक बसेर आन्दोलनको कार्यक्रम समेतको घोषणा गर्ने तयारी गरेको भनिएको बेला कांग्रेस बैठक बसेको हो ।

 

यसमा तपाईको प्रतिक्रिया