राष्ट्रपतिको अपमान गर्ने रामदेवसँग आर्शिवाद थाप्न नेताको लर्को, केपी ओली गएनन्

काठमाडौं, १३ मंसिर । सहरको मुख्य सडकमा योग शिविरमा आउने अतिथिका लागि बनाइएका स्वागतद्वारमा पार्टीका शीर्ष नेताको तस्बिर दिनहुँ फेरिन थालेका छन् । सिनेमा हलमा नयाँ फिल्म रिलिज हुँदा जसरी पुरानो पोस्टरमाथि नयाँ फिल्मको पोस्टर टाँसिन्छ, त्यसरी नै यहाँ केही दिनयता एउटा नेताका तस्बिरमाथि धमाधम अर्का नेताको तस्बिर टाँस्न थालिएको छ ।

योगगुरु रामदेव र आयुर्वेदज्ञाता आचार्य बालकृष्णले प्रशिक्षण दिने शिविरको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । राष्ट्रपतिले कलशमा बत्ती बालेर शिविर उद्घाटन गर्ने क्रममा मञ्चमा उपस्थित सबै अतिथि उठेपनि बाबा रामदेव र आचार्य बालकृष्ण पलेँटी कसेर बसिरहे । जसले एक सार्वभौम राष्ट प्रमुखको अपमान भयो ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाको तस्बिरसहितका ब्यानरलाई आइतबार अपराह्न प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिरले ढाकियो । त्यसअघि त्यही ठाउँमा एमाले नेता झलनाथ खनालको तस्बिरसहितको ब्यानर थियो ।

गत वर्षको ६ महिने मधेस आन्दोलनपछि कांग्रेस, एमाले र माओवादीका शीर्ष नेता विरलै आउने वीरगन्जमा यतिबेला प्रमुख दलका नेताहरू यसरी ओइरिएका छन् कि सुरक्षाकर्मीलाई सवारी व्यवस्थापन गर्नै मुस्किल परेको छ ।

योग शिविरमा नेताहरूलाई केही बेर भाषण पनि गर्न दिइन्छ । भाषण लम्बिन थाल्यो भने रामदेव बीचमै रोक्छन् र भन्छन्– ‘भाषण कम, अभि योगका समय है ।’

bidhya-yog-shivir-1

चार दिनयता राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति देउवा, एमालेका वरिष्ठ नेता खनाल, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो, तमसपा अध्यक्ष महेन्द्र राय यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका शरतसिंह भण्डारी, सद्भावना पार्टी अध्यक्ष अनिल झालगायत नेता वीरगन्ज आइसकेका छन् ।

of]u lj1fg lzlj/ g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjf kt~hnL of]ukL7 g]kfnåf/f cfOtaf/ cfbz{gu/ /ªuzfnfdf ;~rflnt of]u lj1fg lzlj/df ;l/s x'Fb} . tl:a/ M laho s'df/ dxtf], k;f{, /f;;

बिहान झिसमिसेमा शिविरस्थल रहेको आदर्शनगर मैदानमा पुग्ने नेताहरूलाई बाबा रामदेवले माला लगाएर स्वागत गर्छन्, नेताहरूले झुकेर आशीर्वाद लिन्छन् ।

सोमबार सकिने ५ दिने शिविरको आतिथ्य मान्न प्रधानमन्त्री दाहाल आइतबार हेलिकप्टरबाट यहाँ आएका थिए । गत बिहीबारदेखि सुरु योग विज्ञान शिविरका अतिथिका रूपमा शीर्ष नेताहरू आउने गरेका हुन् ।

prachanda

योगगुरु रामदेव र आयुर्वेदज्ञाता आचार्य बालकृष्णले प्रशिक्षण दिने शिविरको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । राष्ट्रपतिले कलशमा बत्ती बालेर शिविर उद्घाटन गर्ने क्रममा मञ्चमा उपस्थित सबै अतिथि उठे पनि बाबा रामदेव र आचार्य बालकृष्ण पलेँटी कसेर बसिरहेका थिए । उद्घाटन सत्रमा भारतीय र रुसी राजदूत पनि उपस्थित थिए ।

upednra-rameswor

शिविरमा रामदेव प्रशिक्षार्थीलाई स्वस्थ र निरोगी रहन पतञ्जलीको उत्पादन प्रयोग गर्न बारम्बार भनिरहन्छन् ।

योग शिविरको आतिथ्य मान्न आएका शीर्ष नेता यही मौका छोपी जिल्लास्तरीय कार्यकर्ता भेला, अगुवा भेला गर्छन् । केहीले ‘नवप्रवेशी’लाई टीका लगाएर पार्टीमा भित्र्याउँछन् । भोलिपल्ट काठमाडौं फर्किनुअघि स्थानीय सञ्चारकर्मीलाई भेला गराई पत्रकार सम्मेलन गर्छन् ।

पार्टीका उच्च नेताहरू शिविरमा योग सिकेर स्वस्थ रहने भन्दा पनि भारत सरकारनिकट योगगुरुसँग सान्निध्य देखाउन वीरगन्ज आउने गरेका छन् ।

jhalnath-ramdevbidhya

prachanda-1 prachanda-yoga-1

यसमा तपाईको प्रतिक्रिया