बिबादित संबिधान संशोधन प्रस्ताब गर्न हच्किएका प्रचण्ड-देउवाको दोश्रो चाल: तराइ-मधेशमा २ प्रदेश नै राखेर १० प्रदेश बनाउने यस्तो छ तयारी

काठमाडौं १३ मंसिर । संविधान संशोधनको सीमांकनमा सत्तासिन दलभित्रैबाट विरोध भएपछि १० प्रदेशमा संशोधन लैजाने गरि छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघिको मस्यौदा रद्द गरेर १० प्रदेश हुने गरी अर्को संसोधन मस्यौदा तयार पार्ने योजना बनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सीमांकनको नयाँ प्रस्ताव बारे जानकारी गराएका छन् ।  संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले पनि १० प्रदेश प्रस्ताव तयार गर्दा सहमति हुने बताएका छन् । बालुवाटार स्रोतका अनुसार तराई मधेसमा कम्तिमा २ प्रदेश कायम राखेर १० प्रदेशको खाका ल्याए सहमति हुनसक्ने यादवले बताएका छन् ।

उनले मोर्चा वाहेक गठबन्धन आवद्ध अन्य दलको समेत माग सम्बोधन हुनु पर्नेबताएका छन् । गठबन्धनमा ३० वटा दल तथा समुह आवद्ध छन् । मोर्चाभित्र यादव असन्तíट रहेका कारण नै संशोधन रोकिएको छ । कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधनपछि पनि मधेशी मोर्चा निर्वाचनमा सहभागि नहुने आंकलन सहित मोर्चाको धारणा पछि मात्र संशोधन प्रस्ताव अघि बढाउने निश्कर्ष निकालेका थिए ।

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन गरेर चुनावमा जानुपर्ने भएकाले त्यसको ग्यारेन्टीसहित संविधान संशोधन गर्न तयार रहेको बताएका थिए । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले संशोधनमा सहमति जुटाउने प्रयासकै सिलसिलामा प्रधानमन्त्रीले छलफल गरेको जानकारी दिए । मधेसी मोर्चाको बैठकअघि भएको छलफलबारे अब मोर्चाभित्र पनि छलफल हुनेछ । समसमयिक राजनीतिक अवस्था र आन्दोलनको समीक्षा गर्न भन्दै मधेशी मोर्चाको बैठक दिउँसो बोलाईएको छ ।

सिटौलासँग छुट्टै छलफल
प्रधानमन्त्री प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमति खोज्न नसकेपछि नेता कृष्ण सिटौलासँग छुट्टै छलफल गरेका छन् । बुधवारको बैठकमा सिटौलाले सीमांकनका विषयमा कांग्रेसभित्रको असन्तुष्टि राखेपछि प्रधानमँन्त्रीले उनीसँग छुट्टै छलफल गरेका हुन् । सिटौलासँग पनि उनले सहमति नभए आफुसीमांकनको १० प्रदेशको खाका लैजाने बताएका छन् । 

यसमा तपाईको प्रतिक्रिया