नेपालले दियो भारतलाइ अहिलेसम्मकै कडा झड्का: राष्ट्रसंघ मा पुग्यो नेपाल को तर्फबाट भारत बिरुद्द यस्तो पत्र

mudha-modi
काठमाडौं, १३ मंसिर । भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्यताका लागि गरिरहेको प्रयास र मागदाबीविरुद्ध ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले संयुक्त राष्ट्र संघका महासचिवलाई ज्ञापनपत्र पठाएको छ ।

मार्चाले संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनलाई सोमबार ११ बुँदे ज्ञापनपत्र पठाएको हो । मार्चाले मुनलाई नेपालस्थित संयुक्त राष्ट्रसंघका कन्ट्री डाइरेक्टरका प्रतिनिधि रामबाबु शाहलाई ज्ञापन-पत्र बुझाएको संयोजक फणिन्द्र नेपालले जानकारी दिए ।

प्रतिनिधि शाहले विषयको गम्भिरतालाई हेरेर ज्ञापनपत्र आजै महासचिव बान कि मुन समक्ष पठाइदिने जानकारी दिएका छन् ।

ज्ञापनपत्रमा नेपालविरुद्ध भारतले गरेका ज्यादतीहरूको फेहरिस्तका साथै सार्कक्षेत्रमा सैनिक दम्भ देखाउने भारत संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा रहन योग्य नभएको जिकिर गरिएको छ ।

‘भारतलाई सुरक्षा परिषदमा पुगाउने हो भने उसले छिमेकी मुलुकहरूमाथि चरम ज्यादती गर्ने बैधानिक प्रमाणपत्र पाएको ठहरिनेछ,’ ज्ञापनपत्रमा भनिएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया