माओवादीले अहिले के चाहिरहेको छ ?,नेता वर्षमान पुनले गरे खुलासा

माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले आफ्नो पार्टीको एकमात्र अर्जुनदृष्टि स्थानीय चुनाव रहेको बताएका छन् । नेता पुनले सरकारको एक सुत्रीय ध्यान निर्धारित समयमा स्थानीय चुनाव गराउनमा केन्द्रित रहेको जिकिर गरे।

आज राजधानीमा अखिल (क्रान्तिकारी) को विद्यार्थी स्वयंसेवकको केन्द्रीय भेला उद्घाटन गर्दै नेता पुनले भने, ‘संविधान संशोधन मार्फत असन्तुष्ट पक्षलाई विश्वासमा लिएर स्थानीय निर्वाचन गराउन सरकार र आफ्नो पार्टी अहोरात्र लागिरहेको छ।’ तर एमालेले मधेस समस्या समाधान गर्न देखाएको उदासिनताले आफूहरु आश्चर्यमा परेको नेता पुनले बताए ।

संविधान संधोसन प्रस्ताव जुनसुकै हालतमा दर्ता हुने वताउँदै पुनले थपे, ‘प्रस्ताव दर्ता भएपछि को कता उभिन्छ हामी पनि हेर्छौं।’

संविधान संशोधनको पक्षमा एमाले भित्रका मधेसी र थारु सांसदको ठूलो दबाब रहेको नेता पुनलाई उधृत गर्दै क्रान्तिकारीका सचिव एवं विद्यार्थी स्वयंसेवक प्रमुख दिपेश पुनले जनाए ।

कार्यक्रममा माओवादी केन्द्रका युवा नेता रमेश मल्ल, क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने, उपाध्यक्ष रामचन्द्र अधिकारीले क्रान्तिकारी विद्यार्थी जागरण अभियानवारे प्रकाश पारेका थिए।

 

यसमा तपाईको प्रतिक्रिया