“प्रचण्ड सरकारको राष्ट्रघाती संबिधान संशोधन बिरुद्द खरो उत्रिएको एमाले माथि ठुलो दवाब, पार्टी फुट्ने खतरा”

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्पूर्ण देशभक्तहरु एकढिक्का भएर राष्ट्रघाति संविधान संशोधन प्रस्ताव असफल पार्नुपर्ने बताएका छन् ।

प्रचण्ड नेतृत्वको सरकारले ल्याएको संशोधन प्रस्तावले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता संकटमा परेको भन्दै सडकमा उत्रिएका केसीले अहिलेकै प्रस्तावमा संविधान संशोधन भए देश सकिने चेतावनी दिए ।

एमालेमाथि ठूलो दबाब, पार्टी फुट्ने खतरा

संविधान संशोधनविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेले लिएको अडानको प्रशंसा गर्दै केसीले यसै प्रकरणमा बाह्य शक्ति (भारत)बाट एमालेमाथि ठूलो दबाब आउने र पार्टी फुटाल्ने खतरा पनि रहेको बताए ।

‘आज देशको राष्ट्रियता, सार्वभौमता र अखण्डतामाथि सौदाबाजी गरेर सत्ताको रसास्वादन गर्नेहरुलाई गाह्रो पर्नेछ । नेपाली जनताले बुझिसकेका छन् । अहिले ल्याएको संविधान संशोधन प्रस्ताव दर्ता गर्नुहुन्न् । दर्ता भए पारित गर्नुहुन्न्,’ केसीले भने- ‘नेकपा एमालेले घुँडा टेक्नुहुन्न् । एमालेमाथि ठूलो दबाब आउनेछ । एमालेलाई फुटाल्ने पनि खतरा हुनसक्छ । त्यसकारण एमाले राष्ट्रिय जनमोर्चा लगायतका देशभक्तहरु एकढिक्का भएर यो प्रस्तावलाई फेल गर्नुपर्छ ।’

केसीले संशोधनको विपक्षमा एमालेले लिएको अडान यथावत रहनुपर्ने भन्दै केपी ओलीलाई अगाडि बढ्न आग्रह गरे । ‘एमाले एक्लै छैन् । हामी साथमा छौं जनता साथमा छन् । ओली ज्यू अगाडि बढ्नुस्’ उनले भने ।

यसमा तपाईको प्रतिक्रिया