नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ तनाबमा, बाबुलाई तनाब दिदै छोरोले किने ५० लाखको बाइक

काठमाडौं, १४ मंसिर । यति बेला नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दको चर्चा एकाएक चुलिएको छ । बेलाबेला चर्चामा आइरहने प्रकाश चन्दको अहिलेको चर्चा अलिक फरक छ । चितवन मेडिकल कलेजमा एमबीबीएस (चिकित्सक) अध्ययनरत प्रकाश चन्दले ५० लाखको मोटरसाइकल किनेको भनेर चर्चा भएको हो ।

prakash-chanda-biplav-mao

प्रकाश चन्दले ‘हार्ले डेभिड्सन’ मोटरसाइकलमा चढेर फोटो खिचाएका छन् । यो फोटोले ‘विप्लव’लाई हैरान बनाएको छ । त्यो मोटरसाइकल उनको आफ्नै हो वा अरु कसैको हो केही बताइएको छैन । यद्यपि ‘विप्लव’ माओवादी प्रकाश चन्दले कुनै पनि प्रकारको महँगो मोटरसाइकल नकिनेको भनेर खण्डनमा जुटिसेको छ । महाधिवेशनको तयारीमा जुटेको ‘विप्लव’ माओवादीलाई प्रकाश चन्दको मोटरसाइकल काण्डले आजित बनाइ दिएको छ । चितवन मेडिकल कलेजमा पार्टी निकट विद्यार्थी र मजदुरहरूलाई उचालेर आन्दोलन गराई आफ्नो एमबीबीएसको पैसा मिनाह गराइका प्रकाश चन्द जग्गा कारोबारमा लागेको आरोप पनि छ । प्रकाशको आजकाल चितवनका जग्गा दलालहरूसँग अलि धेरै नै हिमचिम बढेको स्रोतको भनाइ छ । ‘नयाँबाटो डटकम’ले नयाँ जनयुद्धका लागि भन्दै चन्दा असुलिरहेको नेकपा (माओवादी) का महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले चन्दाको पैसाले आफ्नो छोरा प्रकाश चन्दलाई ५० लाखको मोटरसाइकल किनिदिएको जनाएको छ । चन्दाको पैसाले चन्दले छोरा प्रकाशलाई ५० लाखको ‘हार्ले डेभिड्सन’ मोटरसाइकल किनिदिएपछि ‘विप्लव’ माओवादीमा खैलाबैला मच्चिएको सो अनलाइनले दाबी गरेको छ । ‘विप्लव’ माओवादीका नेता माइला लामाले ४० लाख खाएको र खड्क विश्वकर्मा निकटका प्रेम दर्नालको ‘टक्सन गाडी’ काण्डको घटना सेलाउन नपाउँदै सबैले भरोसा गरेका प्रकाश चन्दको ‘नयाँ काण्ड’ सार्वजनिक भएको सो अनलाइनले जनाएको छ । नयाँबाटो डटकमका अनुसार माओवादी नेता अनिल शर्मा ‘बिरही’का अनुसार यतिबेला ‘विप्लव’ माओवादीले पैसा जम्मा गरेर अर्को चुनावमा लड्ने सोँच बनाएको पनि उल्लेख गरेको छ । कार्यकर्ताले उठाएको चन्दाले यसअघि नै दाङको देउखुरीमा कित्ता नम्वर ४५३४ र ४५४८ का गरी ६ रोपनी जग्गा किनिसकेका छन् । ‘विप्लव’ माओवादीका नेता सन्तोष बुढामगरले चन्द रकमले देउखुरीमा जग्गा किनेको समाचार हल्ला मात्र भएको बताएका छन् । दैनिक नेपाल बाट साभार

यसमा तपाईको प्रतिक्रिया