मोदीका साँसद कट्टु र गन्जी लगाएर संसद छिर्न खोज्दा भारतमा हंगामा

एजेन्सी– भारतमा एक सांसद गन्जी र कट्टु लगाएर सांसद भवनभित्र पस्न खोजेको खबरले बजार तताएको छ ।

binaya-bihari
सत्तारुढ भारतीय जनता पार्टीका तर्फबाट बिहारको चम्पारण जिल्लाबाट त्यहाँको विधानसभा सदस्य जितेका विनय बिहारी गन्जी र कट्टुमा सांसद भवनभित्र पस्न खोजेपछि सुरक्षाकर्मीले रोकेका थिए ।

आफूलाई भित्र जान रोकेको विरोधमा उनी संसद भवन प्रवेश गर्ने मुल गेटबाहिर धर्ना बसेका छन् । बिहारको विधानसभाका सभामुख विजयकुमार चौधरीले संसदको आचरण र शिष्तटाविपरीतको पोशाकमा आएकाले उनलाई रोक्नुपरेको बताएका छन्

 संसद नियमावलीले तोकेको भन्दा फरक मापदण्डको कपडा लगाएर आएकाले रोकेको उनको भनाइ थियो ।

बिहारमा विपक्षमा रहेको भाजपाका अर्का साँसद प्रेम कुमारले संसद बैठकमा त्यसबारे प्रश्न उठाएका थिए ।

बिहारीले आफ्नो निर्वाचन क्षेत्रमा सडक निर्माणका लागि तीन वर्षदेखि आवाज उठाउँदा समेत केन्द्र र राज्य सरकारले सुनुवाई नगरेको भन्दै सोको सि विरोधमा कट्टु र गन्जी लगाएर संसद भवन प्रवेश गर्न खोजेको बताएका छन् ।

बिहारीले यसअघि नै आफूशले लगाउँदै आएको कुर्ता केन्द्रीय यातायातमन्त्री नितिन गडकरी र पाइजामा बिहारका मुख्यमन्त्री नीतिसकुमारलाई उपहार पठाएका थिए ।

 

यसमा तपाईको प्रतिक्रिया