लोकमान सिंह कार्कीविरुद्धको प्रस्ताव अघि बढाउन सुस्त, संसद बैठक आज

मंसिर १४ ब्यवस्थापिका संसदको बैठक आज बस्दैछ । ९ दिन स्थगन भएको बैठक आज दिउँसो १ बजे बोलाइएको छ । बैठकमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्तावमा छलफल हुनेछ । प्रस्ताव दर्ता भएको ४१दिन पुगिसकेको छ । महाअभियोगबारे अनुसन्धान गर्न महाअभियोग सिफारिस समितिमा पठाउनुपर्ने भएपनि छलफलको गति सुस्त देखिएको छ ।

एमाले र माओवादीका १ सय ५७ सांसदहरुले गत कात्तिक ३ मा दर्ता गरेको प्रस्ताव कात्तिक ९ मा संसदमा पेस भएको थियो । कात्तिक ९ देखि मंसिर ५ सम्मभएका संसदका ६ बैठकमा प्रस्तावमाथिको छलफलमा ५१ सांसदले भाग लिएका छन् ।नेकपाएमाले र नेकपा माओवादी केन्द्रका १ सय ५७जना सांसदले गतमहिना संसदमाप्रस्तावदर्ता गरेकाथिए ।

उनीहरुले समेत छलफलमा भाग लिन पाएका छैनन ।  छलफलमा भागलिन नाम टिपाएका सांसद बाँकी रहेकै बेला मंसिर ५ मा स्थगित संसद् बैठक आज बस्न लागेको हो । छलफल सकिएपछि महाअभियोगका आरोपी विरुद्धको अनुसन्धान तहकिकातका लागि सदनले महाअभियोग प्रस्ताव समितिमा पठाउने निर्णय गर्नुपर्छ ।

 

यसमा तपाईको प्रतिक्रिया