संविधान संशोधन प्रस्ताव निर्णय गर्न मन्त्रीपरिषद् बैठक केहीबेरमा बस्ने

samidhan-baithag
काठमाडौं, मंसिर १४ । सरकारले आजै साँझ संविधान संसोधनको प्रस्ताव पेश गर्ने भएको छ । लामो समयदेखि मधेसी मोर्चाको माग संवोधनको लागि संविधन संसोधन गराउन लागिपरेका प्रधानमन्त्री प्रचण्डले मंगलबार साँझ बस्ने मन्त्रीपरिषद् बैठकबाट निर्णय गराएर संसोधन प्रस्ताव पेश गर्न लागेका हुन् । संविधान संसोधनका लागि पटक–पटक एमालेका शीर्ष नेतृत्व र मधेसी मोर्चासँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले एमाले र मधेसी मोर्चाको सकारात्मक जवाफ पाएपछि संसोधन दर्ता गर्न लागेका स्रोतले एभरेष्टदैनिक डटकमसँग बताएको छ । नेकपा माओवादी केन्द्रको मंगलबार बसेको पोलिटव्यूरो बैठकले पनि संसोधन प्रस्तावलाई मंगलबार बस्ने मन्त्रीपरिषदबैठकबाट निर्णय गराउने म्यान्डेट दिएको थियो ।
पार्टीको पोलिटव्युरो बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनबारे आजैको मन्त्रिपरिषद बैठकबाट निर्णय गराउन प्रयास गर्ने बताएका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डको भनाई उधृत गर्दै स्रोतले भन्यो– ‘आज साँझ बस्ने मन्त्रिपरिषद बैठकबाट संसोधन प्रक्रियाको निर्णय गर्नेछ ।’
मधेसी मोर्चाका संयोजक समेत रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले सयक्त विज्ञप्ती निकालेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रसहितका मुद्दा सम्बोधन गर्ने गरी मात्र संशोधन गर्नु पर्ने बताएका थिए । तर सोमबार साँझ प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका डा. भट्टराईले संसोधन दर्ता गर्न सुझाव दिएका थिए । तर मोर्चाका संयोजक यादवले भने यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
सोमबार नेपालगञ्जमा तराइ मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले पेश गर्न लागेको संसोधन प्रस्तावलाई समर्थन गर्न सकिने जनाउ दिएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्सेर राणाले संसोधनको पक्षमा उभिने निर्णय गरिसकेको छ ।

राष्ट्रपति विद्या भण्डारीसँग सोमबार भएको छलफलमा पनि प्रमुख दलका शीर्ष नेतृत्व संविधान कार्यान्वयनका लागि संशोधन जरुरी भएको निष्कर्षमा पुगेकोले चुनाव गराउन पनि संसोधन गर्नेपर्ने शीर्ष नेतृत्वमा सहमति भएको बताएका थिए । मधेसी मोर्चा र एमालेबाट सकारात्मक सन्देश पाएपछि प्रधानमन्त्री संसोधनका लागि अघि बढ्न लागेका हुन् । उनले बैठकमा भनेका थिए ‘संविधान संशोधन गरेर सरकार निर्वाचनको तयारीमा जुट्छ ।’

यसमा तपाईको प्रतिक्रिया