माओबादी पार्टी भित्रबाट लाग्यो टोपबहादुर लाइ एमाले संग मुख जोडेको आरोप, प्रचण्डको प्रस्ताबमा टोप बहादुरले लेखे “नोट अफ डिसेन्ट”

१५ मङ्सिर – संविधान संशोधनमा असन्तुष्टि जनाउदै आएको मधेसी मोर्चाको माग पूरा गर्न मधेसमा दुई प्रदेश बनाउन सरकारले तयार गरेको छ । तर माओवादी केन्द्र भित्रै पाँच नम्बर प्रदेशलाई टुक्रयाउने कुराको विरोध भएको छ । आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले नवलपरासीदेखि वर्दियासम्मको चार नम्बर प्रदेशमा गाम्ने तयारी गरेपछि पार्टी भित्र असन्तुष्टी देखिएको हो ।

मंगलबारको पोलिटब्युरो बैठकमा संसदीय दलका उपनेता नेता टोपबहादुर रायमाझीले फरक मत राख्दै विद्रोह गर्ने चेतावनी दिएको बताइएको छ । श्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अघि सारेको संविधान संशोधन प्रस्तावमा ५ नम्वर प्रदेश टुक्राउने विषयमा रायमाझीले नोट अफ डिसेन्ट नै राखेका छन् ।

एमालेको एजेण्डा बोकेको भन्नेहरुप्रति आक्रामक देखिएका रायमाझीले आक्रामक जवाफ दिँदै बैठकमा भने,‘५ नम्वर प्रदेशमा सवै मिलेर बसेका छन्, त्यो टुक्राउनुपर्छ भन्ने मधेशीको माग पनि होइन । मिलेर बसेको प्रदेशलाई किन चलाउने ?’

बैठकमा उनले राखेको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘तराईसँग ५ नम्वर प्रदेशका पहाडी जिल्लाको नुन तेलको सम्बन्ध छ । यो सम्बन्ध नतोडौं । जटिलता आउँछ ।’

विगतमा गलत बाटो रोजेका कारण बाबुरामको साथ छोडेको भन्दै उनले नेतृत्वलाई चेतावनी समेत दिएको एक नेताले बताए । एमालेसँग मुख जोडेको भन्दै आलोचना खेपेका रायमाझीले नेतृत्वलाई मनोमानी नगर्न चेतावनी दिएका हुन् ।

यसमा तपाईको प्रतिक्रिया