सरकारले दर्ता गरेको संविधान संशोधन मधेसी मोर्चा र संघीय गठवन्धनको माग अनुसार छैन यो प्रचण्डको प्रस्ताव मात्र हो -उपेन्द्र यादव

काठमाडौं १५  मंसिर-  सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावप्रति संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट देखिएका छन् ।

सरकारले सीमांकन हेरफेरसहित संशोधन विधेयक मंगलबार अबेर संसदमा दर्ता गराएको छ । यसबारे प्रतिक्रिया दिँदै मधेसी मोर्चाका नेता यादवले भने, यसले मधेसको समस्या हल गर्दैन । द्वन्द्वमा निम्त्याउँछ ।’ यो संशोधन मधेसी मोर्चा र संघीय गठवन्धनको माग अनुसार नभएको भन्दै उनले भने, यो प्रचण्डको प्रस्ताव मात्र हो ।’

उसो भए संशोधनमा समर्थन हुँदैन भन्ने प्रश्नमा उनले यसबारे पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने बताएका छन् ।

यसमा तपाईको प्रतिक्रिया