सरकार गठनको चार महिनापछी हुने भयो मन्त्रिमण्डल बिस्तार, यी हुन् कांग्रेस बाट बन्न लागेका १० नया मन्त्रीहरु(नामावली सहित)

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रचण्ड सरकारमा दश जना राज्यमन्त्रीको  नामसूची पठाएकोछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गृहमन्त्री विमलेन्द्र निधिले नेपाली कांग्रेसले सिफारिस गरेका दस जना राज्यमन्त्रीको नाम बुझाइसकेका छन् ।

मंगलबार सभापति शेरबहादुर देउवाले दश राज्यमन्त्रीको नामसूची गृहमन्त्री निधिलाई बुझाएका हुन ।
स्रोतका अनुसार दीर्घसिंह भाट भौतिक, सीताराम मेहेता वन, तारामान गुरुङ स्वास्थ्य, सुवर्ण जुवार्चन सहरी विकास, सुरेन्द्र आचार्य सिँचाइ, इन्द्र बानियाँ पर्यटन, दिलीप गच्छदार श्रम,दीपक खड्का खानेपानी तथा सरसफाइ, कञ्चन बादे उद्योग, मीठु मल्लले वाणिज्य मन्त्रालयको जिम्मेवारी पाउँने भएका छन् ।

१० राज्यमन्त्री थपिएसँगै दाहाल मन्त्रिपरिषद संख्या ४१ पुगेको छ । उनीहरुलाई भोली सपथ ग्रहण गराइने भएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया