सरकारको संबिधान संशोधन प्रस्तावमाथि एमालेकी युवा नेतृ रामकुमारी झाक्रीको कडा आक्रोश-“संघियता प्रशासनिक सुगमताका लागि हो कि त्यसका बाउ रिझाउन?”

१५ मङ्सिर, काठमाडौं- सरकारले सिमांकन हेरफेर सहितको संबिधान संशोधन प्रस्ताब दर्ता गरे संगै जनता देखि नेता सम्म बिरोधको ज्वारभाटा उर्लिदै गएको छ । संशोधन प्रस्ताब दर्ता संगै सरकारको बिरोधमा मध्यरात मै प्युठानबासि हरु सडक मा उत्रिसकेका छन ।

oli-jhakri

यसै क्रममा जनमतको कदर गर्दै सरकारले दर्ता गरेको संशोधन प्रस्ताव देश र जनताको हितमा नभएको जिकिर गर्दै “बिखण्डनकारी” प्रस्ताब भनेर  चर्को बिरोध गर्दै आइरहेको प्रमुख प्रतिपक्षी दल एमाले कि युवा नेतृ रामकुमारी झाक्रीले भने सबैलाई पछी पार्दै सामाजिक संजाल ट्वीटर बाट कडा शब्द मा सरकारप्रति को आक्रोश पोखेकी छन । उनले व्यवस्थापिका संसद सचिवालय ले शेयर गरेको संबिधान संशोधन प्रस्ताव शेयर गर्दै भनेकी छन- “थुईक्क साला यस्तो पनि प्रदेश हुन्छ?साला संघियता प्रशासनिक शुगमताको लागि होकी? त्यसका बाउलाई रिझाउन हो?”

त्यसै गरि लगत्तै उनले अर्को ट्वीट गर्दै लेखेकी छन –“तराईबाट पहाड क्रमश अलग हुनेछ।यो पहिलो किस्तो हो।चाटुकारहरूले देश बरबाद गर्दैछन,अर्को किस्ता झापा,मोरंङ र सुनसरी वा कैलाली,कञ्चनपुर नै हो।”

हेर्नुहोस ट्वीटहरु:

 

यसमा तपाईको प्रतिक्रिया