रविन्द्र अधिकारी भन्छन्- प्रचण्डजी एमाले रहेसम्म देशलाई हराउने खेल सफल हुनेछैन

rabindra-1

काठमाडौं, १५ मंसिर । नेकपा एमालेका प्रभावशाली नेता रविन्द्र अधिकारीले संविधान संशोधन प्रस्तावको विरोध गरेका छन् ।

मंगलबार साँझ सरकारले संशोधन प्रस्ताव संसदमा दर्ता गराएलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत देशलाई हराउने खेल भन्दै विरोध गरेका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्डलाई एमाले रहेसम्म देशलाई हराउने खेल सफल नहुने चेतावनी पनि दिएका छन् ।

उनले लेखेका छन्– ‘रातपरेपछि संशोघन दर्ता ! जे नहुनु थियो त्यै भयो ! काङ्ग्रेस र माओवादी गठबन्धनको मकसद त पुरा भयो तर देशलाइ हराउने खेल सफल हुनेछैन !’

rabindra-yemale-fb

यसमा तपाईको प्रतिक्रिया