संविधान संशोधन को बिरोधमा उत्रीयो नेमकिपा, भारतिय शासकको दवाबमा संशोधन प्रस्ताब आएको बिजुक्छेको आरोप।

narayanman-bijukchhe-1.jpg

१५ मंसिर, काठमाडौं । नेपाल मजदुर किसान पार्टीले संविधान सँसोधन विधेयकको विरोध गरेको छ । नेमकिपाको बुधबार बसेको बैठकले भारतीय शासन वर्गको निर्देशनमा संशोधन आएको दाबी गरेको छ । संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्नु पर्ने बेला भारतीय शासक वर्गको निर्देशनमा संविधान संशोधन प्रस्ताव दर्ता गर्नुले देशमा निर्वाचन हुन नदिने षड्यन्त्र हो भनेको छ । उसले सबैलाई  संविधान सँसोधनको विरुद्धमा उभिन आव्हान समेत गरेको छ । 

यसमा तपाईको प्रतिक्रिया