संविधान संशोधनको बिरुद्द वैद्य माओवादी पनि आन्दोलनमा, प्रचण्ड निरंकुश तानाशाह बनेको वैद्यले लगाय आरोप

१५ मंसिर, काठमाडौं । संविधान संशोधनविरुद्धको आन्दोलनमा मोहन वैद्य नेतृत्वको माओवादीले पनि साथ दिने भएको छ । नेकपा (क्रान्तिकारी माओवादी)ले संविधान संसोधन विरुद्धको आन्दोलनमा विज्ञप्तिनै निकालेर ऐक्यवद्धता जनाएको छ । अध्यक्ष वैद्यले बुधबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘सीमांकन लगायतका विषयको विरोधमा जनताद्वारा राखिएका जायज माग र आयोजित प्रदर्शन तथा हड्तालको कार्यक्रमप्रति पार्टी दृढतापूर्वक समर्थन र ऐक्यबद्धता जाहेर गर्दछ ।’ सीमांकनलगायतका विषयको समाधान तानाशाही तरिकाले नहुने भन्दै विज्ञप्तिमा लेखिएको छ, ‘सीमांकन लगायतको विषयको विवाद समाधान अग्रगामी तथा परिवर्तनशील राजनीतिक शक्तिहरु र सम्वन्धित जिल्ला तथा प्रदेशका जनताको राय सुझाव तथा सहमतिका अनिवार्य हुने कुरामा पनि पार्टी आफ्नो दृढ अभिमत रहेको धारणा व्यक्त गर्दछ ।’ 

यसमा तपाईको प्रतिक्रिया