एमाले उपाध्यक्ष बामदेव गौतमले दिय सांसदहरु लाइ कडा आदेश: “जस्तो सुकै परिस्थिति आयपनी प्रतिकार गर्न तयार रहनुस”

काठमाडौं, १५ मंसिर– एमालेले संविधान संशोधन प्रस्ताव बिरुद्ध संसद अवरोध गर्ने निर्णय गरेको छ । संसद भवन भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले संविधान संशोधन प्रस्ताव बिरुद्ध संसद अवरोध गर्ने निर्णय गरेको हो । 

बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतमले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव संविधान विपरित भएकाले त्यसलाई संसदबाट पास हुन नदिने गरी तयारीका साथ उपस्थित हुन सांसदहरुलाई निर्देशन दिएका छन् । 

उपाध्यक्ष गौतमले देशको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र एकता माथि खेलवाड गर्ने गरी संशोधन प्रस्ताव आएकोले त्यस्तो प्रस्तावलाई एमालेले कुनै पनि हालतमा संसदबाट पास हुन नदिने बताए ।

त्यस्तै एमालेका उपनेता सुवासचन्द्र नेम्वाङले रुपान्तरित संसदले प्रदेशको सिमान फेर्ने व्यवस्था संविधानले नगरेकाले संसदमा दर्ता भएको प्रस्ताव संविधान विपरित भएको बताए । उपनेता नेम्वाङले सर्वोच्च अदालतले समेत संविधान संशोधनका विषयमा कारण देखाउ आदेश जारी गरिसकेको अवस्थामा रातारात संविधान संशोधन प्रस्ताव दर्ता गर्नु अदालतको समेत अवहेलना भएको बताए ।

नेकपा एमालेले संविधान संशोधन जनताको हितमा नभएको भन्दै आन्दोलनमा जाने तयारी गरेका र त्यसका लागि सम्बन्धित क्षेत्रका सांसदहरुलाई तयार रहन समेत निर्देशन दिएको छ ।

नेकपा एमालेले संसद चलेका समयमा अनुपस्थित नहुन तथा विदेश गएका र काम विशेषले बाहिर रहेका सवै सांसदहरुलाई उपस्थित हुन समेत निर्देशन दिएको छ । 

 

यसमा तपाईको प्रतिक्रिया