एमाले अध्यक्ष ओली विरामी, संसदीय दलको बैठकमा अनुपस्थित

काठमाडौं, १५ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरामी परेका छन् ।

स्रोतका अनुसार ओलीलाई डाइरिया (पखाला) भएको छ । उनको अहिले बालकोटस्थित निवासमै उपचार भइरहेको छ ।

विरामी हुँदा ओलीले तीन वटा महत्वपूर्ण कार्यक्रम छुटाएका छन् । विरामी भएकै कारण ओली विहान बसेको एमाले संसदीय दलको बैठकमा उपस्थित हुन सकेनन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले अध्यक्ष ओली विरामी भएकै कारण बैठकमा उपस्थित हुन नसकेको बताए । ‘अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थ्यताका कारण उपनेता सुवास नेम्वाङको अध्यक्षतामा संसदीय दलको बैठक सम्पन्न भयो,’ ढकालले भने ।

यसैगरी ओली विरामी हुँदा संयुक्त राष्ट्रसंघबाट आएका प्रतिनिधले भेट गर्न पाएनन् भने अपराह्न बसेको तीन दलका शीर्ष नेताको बैठकमा ओली सहभागी हुन सकेनन् ।

 

यसमा तपाईको प्रतिक्रिया