संसद भवन नजिकै यसरी जल्यो सरकारले दर्ता गरेको संविधान संशोधन विद्येयक

jalaiyoa-samidhan
मङ्सिर १५ : संसद्मा दर्ता भएको संविधान संशोधनको विषयलाई लिएर नेकपा एमालेनिकट युवा सङ्घ नेपाल र अनेरास्ववियुले संयुक्त विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शन अन्तर्गत संशोधन प्रस्ताव दर्ता भएको संसद भवनभन्दा करिब २०० मिटर वर संशोधन विद्येयक मस्यौदा जलाइएको छ । सरकारले गरेको संशोधनको सातबुँदे प्रस्तावविरुद्ध सडकमा उर्लिएका युवाले चर्काचर्का नारा लगाउँदै संशोधन विद्येयक मस्यौदा जलाएका हुन् । विरोध प्रदर्शनमा युवा संघका अध्यक्ष कृष्ण ज्वाला, अनेरास्ववियुकी अध्यक्ष नविना लामा लगायतका सयौँ युवाको सहभागीता थियो । तस्बिर/शब्द – काठमाण्डु टुडे 

यसमा तपाईको प्रतिक्रिया